स्वर्गद्वारी अपडेट समचार डेक्स प्युठान । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेरअघि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।गएको २५ गते बिहीवार भएको राष्ट्रपति चुनावमा पौडेलले ३३ हजार आठ सय दुई मतभार ल्याएर राष्ट्रपति बन्नुभएको हो ।