युवा संगठन नेपाल प्युठानको वैठक सम्पन्न , वैशाख ३० मा तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय
फाल्गुन २८ , प्युठान
राजेन्द्र रावत क्षेत्री ।नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानको तेस्रो पुर्ण वैठक आज आइतवार पार्टी कार्यालय जुम्रीमा सम्पन्न भएको छ । वैठकले आसन्न वैशाख ३० गते तेस्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गर्न कमरेड मुक्ति सी को संयोजकत्वमा २० सदस्सिय जिल्ला सम्मेलन आयोजक समितिनिर्माण गरेको छ । जिल्लाका विभिन्न स्थानिय तहबाट वैठकमा उपस्थित युवाहरुलाई नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर.के. सी जागृति सी .ले निर्देशनात्मक प्रशिक्षण दिएका थिए । उनले भने खासमा अहिले देशमा राष्ट्रिय स्वाधिनता, जनजिबिका को पक्षमा र महंगी , कालोबजारी , वैंकहरुको चर्को ब्याज, लघु वित्त वित्तिय संस्थाको उत्पिडन र मिटर ब्याजेहरुको अवैध धन्दाको विरुद्व निर्भिकता पुर्वक सम्झौताहिन संघर्ष गर्ने एकमात्र नेतृत्वदायी र जनताको आशा र भरोसाको संगठन भनेकै युवा संगठन नेपाल हो । त्यस्तै वैठकमा संगठनको केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज कमरेड सागर सी ले जिल्लालाई एक पटक हलचल,तथा उथलपुथल पैदा गर्ने गरि संघर्षका प्याकेज कार्यक्रमहरु गर्न निर्देशन दिए । उनले जिल्लामा लघु वित्त र मिटर ब्याजेहरुलाई कारवाही गर्न जनताको व्यापक उपस्थिति र जनताकैअगुवाइमा जनताद्वारा जनकारवाही गर्ने सम्मको परिस्थिति सिर्जना गर्न पनि निर्देशन दिए । त्यस्तै वैठकमा नेकपा का केन्द्रीय प्रतिनिधि समितिका सदस्य बुलेट सी , प्युठानका सेक्रेटरी क।.परिर्वतन सी , युवा संगठनका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज क. बिरवल सी लगायतले प्रशिक्षण मुलक मन्तव्य व्यक्त गरेका थिए ।








