समय : ११:२६ pm | बिहिबार , फागुन १४ गते २०८२

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

स्वर्गद्वारी अपडेट | फागुन २७ गते २०७९

स्वर्गद्वारी अपडेत समचार डेक्स प्यूठान । आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । भोलि अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।उपराष्ट्रपतिको कार्यकाल चैत ५ मा सकिँदैछ । उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको र ४५ वर्ष पूरा भएको हुनुपर्छ ।  गएको बिहीवार भएको राष्ट्रपति चुनावमा रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभएको छ ।

   

यो पनि पढ्नुहोस्