समय : ०५:३२ am | शनिबार , चैत्र ६ गते २०८२

जाल्पा सामुदायिक लघुवित्त संस्थाबाट च्याउ खेति तालिम प्रधान

स्वर्गद्वारी अपडेट | फागुन २५ गते २०७९

सन्तोष सुनार प्यूठान । जाल्पा सामुदायिक लघुवित्त वित्तिय सस्था लिमिटेडले च्याउ खेति तालिम दिएको  छ  ।

विहिवार नौबहिनी गाउपालिका ६ लुङ्गको लेखमा आफ्नो संस्थामा आवद्ध रहेका २३ नम्वरका समुह र २४ नम्वरको समुहलाई च्याउ खेति गर्ने सम्बन्धि एक दिने तालिम दिएको हो । तालिममा च्याउ खेति गर्ने सम्पुर्ण तरिका तथा ढाचा सिकाइएको उद्यम विकास विजुवारका अधिकृत राजन थापले जानकारी दिए । उद्यमप्रति प्रेरित तथा केहि व्यवसाय गर्ने क्षमतामा वृद्धि र आर्थिक विकासमा उन्नततिसँगै समुहमा आवद्ध रहेका महिलाहरुलाई सक्रिय गराउन समय समयमा तालिमहरु प्रधान गर्ने थापाले बताए । तालिममा सहभागिलाई२५ पोका च्याउको विउ वितरण गरिएको बाहने शाखाका प्रबन्धक सन्तोष बुढा मगरले जानकारी दिए । गिता रोकाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका बजार व्यवस्थापक कमला कान्त दाहल , अनुगमन प्रमुख कमल बहादुर महारा , उद्यम विका अधिकृत राजन थापा , शाखा प्रबन्धक सन्तोष बुढा र दुइवटा समुहका सदस्य ५९ गरी ६३ जनाको उपस्थित रहेको स्थानिय सुवास क्ष्ेत्रिले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस्