सन्तोष सुनार प्यूठान । विपन्न वर्गका लागि लघुवित्त भन्ने उदेश्यका साथ इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यलय विजुवार प्युठानद्वारा समुह प्रमुख गोष्टि तथा वित्तिय साक्षरता एक दिने कार्यक्रम वुधवार जुम्रिमा प्युठानमा रहेको विजयफुलवारी सभाहलमा सम्पन्न गरिएको छ ।
सिर्जना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति अनुगमन अधिकृत दाङका सुजन श्रेष्ठ, विशिष्ट अतिथि केन्द्रीय कार्यालयमा कार्यरत आइटी विभाग प्रमुख श्री विष्णु बस्याल रहनु भएको थियो । कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यलय विजुवार प्युठानका प्रबन्धक अम्रित लामिछानेले सवागत मन्तव्य राख्दै आर्थिक विवरण प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । उक्त कार्यक्रममा अनुगमन अधिकृत सुजन श्रेष्ठले सस्थाहरुबाट चाहिदो रकम तथा तिर्न सक्ने खालको अनुगमन गरी दिने वा लाने सदस्यलाई पनि क्षमतानुसार लान आसपासन दिनुभयो ।
प्युठानमा यसको सक्रिता धेरै राम्रो रहेको रहेछ अझ विस्तार गर्नुपर्दछ हामीबाट सहयाोग रहने छ बताउनु भएको थियो । त्यस्तै विशिष्ट अतिथि केन्द्रीय कार्यालयमा कार्यरत आइटी विभाग प्रमुख श्री विष्णु बस्याल ले वित्तीय साक्षरता सम्बन्धी तालिम दिनुभएको थियो ।यस सस्थाले प्युठान जिल्लामा ९७ समुह गठन गरेको छ । जिल्लामा उकृष्ट रहेका तिनवटा संस्थाहरुलाई कार्यको आधरमा पुरस्कार सहित सम्मान गरिएको विजुवार प्युठान प्रबन्धक अम्रित लामिछानेले जननकारी दिनु भयो ।
जसमा प्रथम पोइयापानि महिला ०२४ समुह , दोस्रो वुजजेनि महिला ०८४ समुह र तेस्रो जनसेवा ०७० भएका हुन । उनिहररुलाई क्रमश प्रथमलाई घडि क्याल्कुलेटर ,बलपेन र प्रमाण पत्र , दास्रोलाई घडि, बलपेन र प्रमाण पत्र र तेस्रोलाई घडि र प्रमाण हस्तान्तरण गरिएको छ । संस्थाहरुमा सबै भन्दा धेरै बचत तथा व्यवसाय गराउन सफल प्युठान नगरपालिका४ जुम्रिमा रहेको ००१ समुहकी सदस्यलाई आध दर्जन बलपेन , आध दर्जन बुक सहित प्रशंसा पत्र दिएको छ । कार्यक्रमको समापन गर्दे अध्यक्ष सिर्जजना नेपालीले आगमि दिनहरुमा यस सस्थाका समुहलाई अझ विस्तार गर्दै र सुढृड गरेर जिल्लमा सवै भन्दा धेरै समुह बनाउने आज परेको ११३ औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना दिनु भएको थिया। कार्यक्रममा ५६वटा समुहरु उपस्थित रहेका थिय । कार्यक्रमको सन्चालन भने अधिकृत सुजन श्रेष्ठल गर्नु भएको हो।








