मन्दिर आसपास क्षेत्रका गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाहरुले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् ।
गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ।अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन्।








