समय : ०५:३१ am | शनिबार , चैत्र ६ गते २०८२

गौमुखि गाउँपालिकामा शान्ति सुरक्षा विपद ब्यबस्थापन र लागू औषध अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | फागुन २४ गते २०७९

जोगिन्द्र मल्ल प्युठान जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा गौमुखी गाउँपालिकाको शान्ति सुरक्षा विपद ब्यबस्थापन सेवा प्रवाह र लागू औषध सम्बन्धि एक दिने अन्तरक्रिया  कार्यक्रम बुधवार सम्पन्न भएको छ।

कार्यक्रममा गौमुखी गाउँपालिकाका सेवाग्राहीलाई कसरी छिटोछरितो ,सहज रुपमा सेवाप्रवाह गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको छ।अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकता सम्बन्धि कानुनी व्यवस्था ई पासपोर्ट तथा राष्ट्रिय परिचयपत्र ,लागू औषध लगायतका विषयमा अन्तरक्रिया गरिएको गौमुखि गाउपालिकाका अध्यक्ष विष्णु कमार गिरीले जानकारी दिनुभयो।जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, उपाध्यक्ष महावीर राना मगर ,प्रहरी नायब उपरीक्षक सुवाश खड्का प्रमुख अनुसन्धान अधिकृत देबेन्द्र थापा ,सशस्त्र प्रहरी निरीक्षक हिमाल के सि , प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका बिष्णु कुमार गिरिले दुर्गम पालिका भएको कारणले सेवा प्रवाहमा कठिन भएको र पालिकाले जुन सुकै बेला सहकार्य समन्वय गर्ने बताउदैआज नारी दिबसको अबसरमा सबैमा शुभकामना दिनुभयो। कार्यक्रम समापन गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले जिल्ला प्रशासन बाट दिने सेवा सुबिधा कसरी प्रभावकारी सहज र सरल छिटोछरितो र समयमा दिन र सेवाग्राहीलाई सास्ती नदिन आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्