स्वर्गद्वारी अपडेट प्यूठान । प्युठान नगरपालिकाले आगामी शैक्षिक सत्र देखी अभिभावक आमाबुवा बिहिन बालबालिका हरुलाई आवासीय सुविधा सहित कक्षा १ देखि १२ कक्षासम्म नि शुल्क शिक्षाको व्यवस्था हुने प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगिले जानकारी दिनुभयो ।
आमावुवा विहिन बालबालिका भन्नाले आफ्नै आमाबुबा नभएको तथा गुमाई अरुको सरक्षणमा रहेर बाचेका १८ वर्ष मुनिका बालबालिकाहरु रहेको नगर प्रमुख योगिले बताउनुभयो । साथै बालबालिकाको हकमा ५ वर्ष उमेर पुरा गरेको विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको र कुनै गैरकानुनी वा अपराधिक कार्यमा संलग्न नभएको हुनुपर्ने प्यूठान नगरपालिकाले जानकारी दिएको छ ।
बालबालिका विद्यालयमा भर्ना हुदा पासपोर्ट साइजको फोटो २ प्रति जन्मदर्ताको प्रतिलिपि वा नागरिकता प्रमाणपत्र भए सोको प्रतिलपि , बाबुआमा दुवैको मृत्यु भएको प्रतिलिपि वा दुवैमा एकको मृत्यु भई एक वेपता भएको प्रमाणित कागजात , विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयको सिफारीस , सम्बन्धित व्यक्ति बालबालिकाको संरक्षक हो भन्ने सम्बन्धित वडाको सिफारीस र संरक्षकंको नागरिकता प्रमाणपत्रको प्रतिलिपि हुनपर्ने छ ।
यसकार्य प्यूठान नगरपालिकाले नगरावासीहरुमा पहिलोचोटि सेवा प्रधान गरेको छ । अवको समयमा नगरवासीहरुमा शिक्षा क्षेत्रमा विशेष जोडदिने नगरपालिकाले जनाएको छ ।