समय : ०५:२४ am | शनिबार , चैत्र ६ गते २०८२

पालिका भित्र रहेको बजारको अनुगमन

स्वर्गद्वारी अपडेट | फागुन २३ गते २०७९
सन्तोष सुनार प्यूठान  फागुन २३ गते ।नौवहिनी गाउपालिकामा रहेको बहाने बजार आज मङ्गलवार अनुगमन गरिएको छ । नौवहिनी गाउपालिका अध्यक्ष डिल बहादुर थापा मगर र प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेल लगाएतको टोलिले वजारमा रहेका पसलहरको अनुगमन गरेका छन । उक्त बजारमा रहेका व्यवसाय दर्ता अथवा नविकरण ,खाद्यन्न बस्तुहरुको म्यादको समय लगाएतका बस्तुहरुमा अनुगमन गरिएको नौवहिनी गाउपालिका उपादक्ष्य विस्ना थापाले जानकारी दिनुभयो । त्यस्तै अनुगमनका शिलशिलमा वजारमा व्यवसाय दर्ता गरेको तर नविकरण नगरिएको , र पसलमा रहेका सामान विग्रका फेला परेको उपादक्ष्य थापा ले बताउनु भयो । अनुगमनमन १५ वटा पसल नविकरण गरिएको अवस्थामा भेटिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेल स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । अवको १५ दिनभित्रमा जविकरण नगरिएका पसलहरु तथा दर्ता नभएका व्यवसायहरु नविकरण र दर्ता गर्न निर्देशन दिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो । अनुगमनका शिलशिलामा नौवहिनी गाउपालिकाका उपादध्यक्ष विस्ना थापा , उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु केसि , सचिव कृष्ण केसी लगाएतका सहभागी रहेको थियो ।

यो पनि पढ्नुहोस्