समय : ०३:२६ am | शनिबार , चैत्र ६ गते २०८२

होलिको अवसरमा राखिएको गुफा दौड प्रतियोगिता सम्पन्न

स्वर्गद्वारी अपडेट | फागुन २२ गते २०७९
सन्तोष सुनार प्यूठान । गौमुखि गाउपालिकाको गुफाक्षेत्रको पर्यटनप्रवद्र्धन लागि रुपा गुफा दौड प्रतियोगिता आज सोमवार सम्पन्न भएको छ । फागु अर्थात होलि पर्वको अवसरमा गौमुखि गाउपालिका ५ को वडा कार्यलयले खेलको आयोजना गरेको हो । उक्त दौड प्रतियोगितामा प्रथम मीन बहादुर बुढामगर ,द्वितीय सन्तोष मल्ल र तृतीय कृष्ण आचार्य हासिल गर्न सफल भएको गौमुखि गाउपालिकाका उपादध्यक्ष महाविर रानाले जानकारी दिनु भयो । विजेता भएका खेलाडीहरुहरुलाई क्रमशः रु १० हजार , ७ हजार र ५ हजार सहिद प्रमाण पत्र हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख धरम वहादुर जिसी विहेष अथितिमा ५ नम्बर वडाका अध्यक्ष बरुणध्वज मल्ल , समिति, सहभागी हुने खेलाडीहरु, तथा स्थानियवासीहरुको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुहोस्