समय : ०३:३२ am | शनिबार , चैत्र ६ गते २०८२

पर्वका नाममा समाजमा विकृति, विसंगति घटना बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुवास खड्का

स्वर्गद्वारी अपडेट | फागुन २२ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । प्युठानको जिल्ला प्रहरी कार्यालयले होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको प्रांगणमा प्रहरी कर्मचारीहरुबीच माया , ममता, स्नेह सद्भाव तथा मेलमिलाफ कायम गर्ने उदेश्यले होली विशेष कार्यक्रमको आयोजना गरेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकताका आधारशिला भएकाले सबै मान्यता र धरोहर बचाउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । यीनि चाड पर्वलाई आफ्नो मान्यता अनुरुप मनाउनुपर्ने उहाले बताउनु भयो । ‘चाडको नाममा हुने सामाजिक अपराध विकृति, विसंगतिलाई अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्नु सबै नागरिकको दायित्व रहेका सजक रहन आग्रह गर्नु भएको छ । ’ जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुवास खड्काले फागु अर्थात होलि पर्वको अवसरमा शुभकामना दिँदै पर्वले विभिन्न प्रकारका विकृति, विसंगति एवम् कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनु भएको छ । पर्वका अवसरमा समाजमा विकृति, विसंगति र अप्राधिक घटना र सडक दुर्घटना बढ्न सक्ने भन्दै  चनाखो भएर फिल्डमा खट्न प्रहरी जवानहरूलाई निर्देशन दिएको खड्काले बताउनु भयो । फिल्डमा खटेर काम गर्ने सुरक्षाकर्मीको मनोबल उच्च ससम्मान काम गर्नुपर्ने उहाले भनाई राख्नु भएको थियो । । प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याल, प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख सुवास खड्का, अनुसन्धान अधिकृत दिपेन्द्र थापालगायत सिनियर प्रहरी अधिकृत, जुनिय प्रहरी अधिकृतको सहभागीता रहेको थियो । होली एकआपसमा विभिन्न रङ तथा अबीर लगाएर मनाउने चलन छ । फागुपूर्णिमाको अवसरमा राजनीतिक दलका संघ संगठनहरुले शुभकामना दिएका छन् । आज सरकारले पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरूमा देशभर बिदा दिएको छ । आज प्युठान जिल्लामा पनि विभिन्न बजार, चोक, गाउँहरुमा जिल्लाबासीहरु जम्मा भई रङ लगाएर एकआपसमा माया सद्भाव साटासाट गरेर मनाइरहेका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । पहाडी जिल्लामा होली पर्व धुमधामका साथ आज सोमवार मनाइएको छ भने भोलि मङ्गलवार तराईमा मनाइदै छ ।

यो पनि पढ्नुहोस्