समय : ०३:४४ am | शनिबार , चैत्र ६ गते २०८२

कृषकहरुलाई बाँदर धपाउने बन्दुक वितरण

स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०७९
सन्तोष सुनार,प्युठान। संघिय संरचना अनुसार स्थानीय तह भईसकेपछि साच्चिकै सरकारले महशुस दिनका लागि अहिले स्थानिय तहले जनतालाई प्रत्यक्ष रुपमा लाभ लिन सक्ने खालकाकामहरु  अघि सारेको छ। मल्लरानी गाउँपालिका -३ का कृषकहरुलाई बाँदर र बदेल धपाउने बन्दुक वितरण गरेको छ।मल्लरानी गाउँपालिका -३ वडा कार्यालयले राष्ट्रिय आविष्कार केन्द्रबाट २६ थान बन्दुक खरिद गरेर कृषकलाई वितरण गरेको वडा अध्यक्ष नोमराज पौडेलले बताए। जंगली जनावरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराईएको अध्यक्ष पौडेलले बताए।‘बाँदर,बँदेलले खेतीबाली खाइदिएपछि कृषकहरू चिन्तित थिए,बाँदर धपाउन सजिलो होस भनेर २६ थान बन्दुक बाँडेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘यसको उपयोगिता राम्रो देखिएको छ।’बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको किसानहरूले बताएका छन्। चौथी लगाउने टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर थापाले वडा कार्यालयबाट बाँदर धपाउने बन्दुक पाएपछि किसानहरु खुसि रहेको उनले भने, “वडाले किसानको लाखौको बालीनाली बचाउन राम्रो योजना लिएर आयो, हामी खुसी छौं।”  

यो पनि पढ्नुहोस्