समय : ०३:२८ am | शनिबार , चैत्र ६ गते २०८२

जन्मदिनको अवसरमा मृगौला पिडित के.सीलाई आर्थिक सहयोग

स्वर्गद्वारी अपडेट | फागुन २० गते २०७९
सन्तोष सुनार प्युठान।हरेक जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आईरहेका माण्डबि गाउँपालिकाका उपाध्यक्ष  पूर्ण प्रसाद कालाथोकीले जन्मदिनको अवसरमा मृगौला पीडितलाई सहयोग गरेका छन्। माण्डवी गाउँपालिका-१ तिराम निवासी आमा अनिता के.सी र बुवा दिपक के.सीका छोरा अनमोल के.सी लाई २१ हजार सहयोग गरेका छन्।बर्ष ४ का अनमोल  बिगत १ बर्ष देखि कान्ति बालअस्पताल काठमाण्डुमा उपचार गर्दै आएका पिडित के.सी को बुवा दिपक के.सीले जानकारी दिए।उपाध्यक्ष  कालाथोकीले प्रत्येक बर्ष जन्मदिनको अवसरमा धार्मिक स्थल, सार्वजनिक क्षेत्र, बिपन्न तथा जेहन्दार  विद्यार्थीहरुलाई केही आर्थिक सहयोग गर्दै आईरहेको छन।आर्थिक अवस्था कमजोर देखिपछि सहयोग गरेको उपाध्यक्ष कालाथोकीले बताए।–“बाबुको उपचारको लागि निरन्तर सहयोग जुटाउन प्रतिबद्धता समेत गरेको उनले बताए।” बाबुको उपचारको लागि शनिबार नगद २१ हजार सहयोग गरेको कालाथोकीले जानकारी दिए । आफुले सक्दो सहयोग गरेको र सबै सहयोगी मन भएकाहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन। यस अघि उपाध्यक्ष  कालाथोकीले रास्ट्रिय अपांग संघ प्युठानमा रहेको आवास गृहमा रहेका बालबालिकाहरुलाई झोला र कापी कलम ,माण्डवी गाउँपालिका -४ धन्चौर रहेको जनज्योति प्राथमिक बिद्यालयमा रहेका सम्पूर्ण विद्यार्थीहरुलाई कापी कलम र झोला वितरण र स्वर्गद्वारी नगरपालिका -८ बर्जिबाङ्ग स्थित श्री जनता माध्यमिक बिद्यालयको प्रवेशद्वार निर्माण गरेका थिए।          

यो पनि पढ्नुहोस्