समय : ०१:५७ am | शनिबार , चैत्र ६ गते २०८२

फप्लीमा निशुल्क आँखा शिविर र गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा

स्वर्गद्वारी अपडेट | फागुन १५ गते २०७९
  बबिता रिजाल प्यूठान । नौबहिनी गाउँपालिकाको सहयोगमा पालिकाको वडा नं ८फोप्ली स्वास्थ्य चौकीमा आज सोमवार एक दिने निशुल्क आँखा शिविर र गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा दिएको छ । निशुल्क आँखा शिविरमा १७४ जना र गर्भवती महिलाहरुले निशुल्क भिडियो एक्सरे सेवा ३२ जनालाई दिएको वडा अध्यक्ष मान बहादुर के.सीले  जानकारी दिए । । १७४ जना को आँखा  चेक गर्दा १९ को आखमा मोति विन्दु लागेको भेटिएको अध्यक्ष केसी बताए। आँखामा  मोतिविन्दु देखिएकाले  यहि फागुन १७ गते नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्युठानमा नौबहिनी गाउँपालिकाको सहयोगमा निशुल्क अप्रेसन हुने नौबहिनी गाउँपालिकाले जनाएको छ । हिजो गाउँपालिकाको ७ नं वडा लुङ्मा सेवा प्रधान गरिएको थियो भने भोलि नौबहिनी गाउपालिकाा ७ गोगपानिका स्थानियवासीहरुलाई दिने गाउपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्