जिल्ला सहकारी संघ प्युठानको अध्यक्षमा पोख्रेल निर्वाचित
सन्तोष सुनार ,प्युठान
जिल्ला सहकारी संघ लिमिटेड प्युठानको अध्यक्षमा सुशील पोख्रेल निर्वाचित भएका छन l
शनिबार जुम्रीमा भएको संघको निर्वाचनबाट पोख्रेलको नेतृत्वमा ११ सदस्य संचालक समिति निर्बिरोध निर्वाचित भएका हुन् l समितिको उपाध्यक्ष खिम बहादुर जिसि,सचिब बेगम घर्तिमगर,कोशाध्यक्ष पबित्रा जिसि,लेखा समिती संयोजक निरज सुवेदी ,संचालक समिती सदस्यहरुमा छन्द बहादुर बस्नेत ,जगन्नाथ पोख्रेल ,सरस्वती जी,सी ,श्रीजना भण्डारी ,पूर्णलाल गिरि,माधव के.सी र जुमान सिंह केसि निर्वाचित भएका छन् l लेखा सुपरिवेक्षण समितिमा बलभद्र के.सी र हिमाल पौडेल निर्वाचित भएका छन् l








