समय : ०३:१६ am | मङ्गलबार , असार १५ गते २०८३

शारदा विद्यालमा डिजिटल प्रबिधि जडान

स्वर्गद्वारी अपडेट | फागुन ८ गते २०७९
सन्तोष सुनार प्युठान । प्युठान नगरपालिका ३ स्थित शारदा आधारभूत बिधालय सापडाडामा डिजिटल प्रबिधि तथा सिसि क्यामरा जडान गरिएको छ। प्युठान नगरपालिका भित्र आधारभूत बिधालय अन्तरगत गुणस्तरीय शिक्षामा आफुलाइ अब्बल दर्जामा उभ्यान्न सफल रहेको प्रधानध्यापक गेहराज शर्माले जानकारी दिनु भयो ।   मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत कक्षा कोठा र कम्पाउन्ड आसपासमाडिजिटल प्रबिधि तथा सिसि क्यामरा जडान गरिएको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्त सुमन राज श्रेष्ठले जानकारी दिनुभयो । वडा भित्रका बिधालयहरु पछिल्लो समय थप परिमार्जन, परिस्कृत र सुबिधासम्पन्न गरेका सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा लागेको पाउँदा निकै खुशीभएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।डिजिटल प्रबिधि तथा सिसि क्यामरा जडान विद्यालयहरुमा जडान गर्दा विद्यार्थीहरु पढाई तथा अनुशासनमा रहने र विद्यायमा चोरी हुनबाट सुरक्षित रहने ,यदि चोरी भएमा पत्ता लगाउन धेरै मद्दत गर्ने गर्दछ ।

यो पनि पढ्नुहोस्