समय : १०:४० pm | शुक्रबार , चैत्र ६ गते २०८२

आहालखोलामा घरपिच्छै तरकारी उत्पादन तर, बजार पाउदैन

स्वर्गद्वारी अपडेट | फागुन ८ गते २०७९
राधिका भुसाल । ८ फागुन २०७९ प्युठान।झिमरुक गाउँपालिका–३ आहालाखोलाका बासिन्दाहरु तरकारी खेतीमा सक्रिय छन् । आफ्नो भएजति जमिनमा मौसमी तथा बेमौसमौत तरकारी लटरम्मम फलाउछन् तर, ति कृषकले फलाएका तरकारीले बजार नपाएको उनीहरुको गुनासो छ । कृषक पूर्ण बहादुर खत्री क्षेत्रीले पनि व्यवसायीक तरकारी खेती गदै आएका छन् । ११ जनाको संयुक्त परिवार रहेको बताउदै घरखर्चको मुख्य आर्थिक स्रोत तरकारी खेती नै भएको बताए । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका उनले बार्षिक करिब ४–५ कुण्डल आलु उत्पादन गर्ने बताउछन् । ‘यो वर्ष एउटा आलु आधा केजी र मुला ५ केजी सम्मको फलेको थियो ।’ पूर्ण बहादुर भन्छन्–‘बजार व्यवस्थापन राम्रो नहुंदा उत्पादन गरेको तरकरीले खासै बजार पाएको छैन ।’ तीन रोपनी जमिनमा आलु, मुला ,प्याज ,टमाटर लगाएतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको उनीले बताए । आफ्नो मेहनत अनुसारको उत्पादनले उनलाई यो काममा ऊर्जा थप्दै लगेको छ । मुस्कुराउदै उनले भने– ‘उमेर ढल्किँदै गए पनि मेरो जोश, जाँगर बड्दै गएको छ ।’ खेतीको काममा श्रीमतीको उत्तिकै सहयोग छ । पूर्ण बहादुरले भने– ‘बारीमा उत्पादन भएको सबै तरकारी टिपेर सिधै बजार पठाउन पाए हामी कृषकहरुलाई मनग्य आम्दानी हुने थियो ।’ सडकको पहुच भए पनि बजार नपाएको कृषकको पूर्णको गुनासो छ । जिल्लाभरको उत्पादन र बजार खपतलाई आँकल गरेर तराइबाट भित्रिने तरकारीलाई रोक लगाउन पाए आहालखोलाको तरकारीले बजार पाउने उनको ठम्माइ छ । बल बहादुरले फलाए आठ केजीको मुला त्यस्तै सोही निवासी अर्का कृषक बल बहादुर महतराले ८ केजीको मुला फलाएका छन् । उनले मुला उत्पादनमा नयाँ रेर्कड समेत बनाए । यो मेहनतको कदर स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवमा भएको छ । फागुन ४ गतेबाट सुरु भएको महोत्सवमा आहालखोलामा उत्पादन भएको मुला, रायो, आलु, टमाटर, काउली, सिमि, कोदो लगायतको बस्तुहरु प्रदर्शन समेत गरिएको छ । व्यावसायीकरूपमा तरकारी खेती गर्न थालेको छोटो समयमै सबैतिरबाट प्रशंसा पाएको उल्लेख गर्दै यसले आफूलाई व्यावसायीक तरकारी खेतीमा थप हौसला मिलेको उनी बताउछन् । ‘मैले व्यवसायीक रुपमा तरकारी खेती गर्न लागेको धेरै समय त भएको छैन ।’ उनले भने–‘विषदी मुक्त उत्पादन गर्नका लागि जैवीक प्रांगारिक मल पनि उत्पादन गरिरहेको छ ।’ उनले रातो र सेतो दुई थरीका मुला उत्पादन गरेका छन् । सिजनका मुला दुई महिनाअघि नै बजार पु¥याइ सकेर आम्दानी लिइसके सबै भन्दा ठुलो मुलाले भने उनलाई स्वर्गद्वारी प्युठान पाचौ महोत्सवले चर्चामा ल्याएको बताए । उनले विशेष गरि च्याउ खेतीलाई प्राथमिकतामा राखेको बताउदै केराउ, काउली, बन्दा, मुला, सिमि आलु लगायतका मौसमी तथा बेमौसमी व्यवसायीक तरकारी खेतीमा लागेको बताए । तरकारी खेतीका लागि प्रधानमन्त्री आधुनिकरण तथा कृषि कार्यालय प्युठानले सहयोग गर्दै आएको छ भने मिलिजुली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जीवलाल न्यौपानेले व्यवसायीक तरकारी खेती गर्ने कृषकलाई विशेष सहयोग गर्दै आएको बताए । त्यस्तै झिमरुक गाउँपालिकाले तरकारी खेती गर्ने किसानलाई पकेट क्षेत्र निर्धारण गरी आलु, मुला, काउली, बन्दा जस्ता तरकारी खेतीका लागि सहयोग गर्नुपर्ने र बजार व्यस्थापन गर्दै छ ।स्वर्गद्वारी प्युठान पाँचौ महोत्सव फागुन १४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्