समय : ०९:१७ pm | शुक्रबार , चैत्र ६ गते २०८२

वडा अध्यक्षबाट बिपन्न बिद्यार्थीहरुलाई पोशाक हस्तान्तरण

स्वर्गद्वारी अपडेट | फागुन ५ गते २०७९
सन्तोष सुनार ,प्युठान l प्युठानको एक सामुदायिक विद्यालयमा वडा अध्यक्षले आफ्नो सेवा सुबिधाबाट पाउने रकम कटायर बिपन्न विद्यार्थीलाई पोशाक किनिदिएका छन्।  माण्डबी गाउँपालिका -३ आपचौरमा रहेको  रामेश्वरी प्राथमिक बिद्यालयमा रहेका विपन्न तथा असहाय बिद्यार्थी वालवालिकाहरूलाई वडा अध्यक्ष धनेन्द्र कार्किले व्यक्तिगतरूपमा आफुले पाउने सेवासुविधा बाट १० थान पोशाक शुक्रबार हस्तान्तरण गरेको छन। बिद्यार्थीहरु स्कुल ड्रेस मै बिद्यालय जाउँन  भन्ने उदेश्यले करिब  १५ हजार रुपैयाँ बराबरको पोशाक खरिद गरेर विद्यार्थीलाई प्रदान गरेको अध्यक्ष कार्कीले बताए। “आफुले पाउने सेवा सुबिधाबाट प्राप्त तथा विभिन्न्न बैठकबाट पाउने भत्तालाई संकलन गरि आफुले नलिई सामाजिक कार्य, दुखी परीवारलाई सहयोग गर्दै आईरहेको कार्कीले भने।” स्थानिय तहको चुनाबको बेला आफुले पाउने सेवा सुबिधा बाट सामाजिक कार्य गर्ने उद्घोष गरेको थिए।

यो पनि पढ्नुहोस्