समय : ०९:२४ pm | शुक्रबार , चैत्र ६ गते २०८२

चिटिक्क बन्यो स्वर्गद्वारी प्युठान महोत्सवस्थल – मुख्य मन्त्री गिरिबाट उद्घाटन

स्वर्गद्वारी अपडेट | फागुन ३ गते २०७९
सन्तोष सुनार प्यूठान । प्युठान गणतान्त्रिक खेल मैदान सुन्दर सिङ्गागारगरिएको छ । भोलि अर्थात फाल्गुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा हुन गइरहेको पाचौं स्वर्गद्वारी प्युठान महोत्सव हुन लागेकाले यस क्षेत्रलाई सिङ्गारिएको हो। खेलमैदानको बाहिर मुख्य स्वागत गेट निर्माण गर्नुका साथै भित्र तर्फ रहेको मञ्चसजावट सुन्दर बनाइएको छ । मंचमा विभिन्न रङका ध्वजापताका टाँगेर झिलिमिली र सुन्दर बनाइएको छ ।‘कृषि, पर्यटन उर्जा तथा औद्योगिक ब्यापार मेला ’भन्ने मूल नाराका साथ प्युठान उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सवको आयोजना गरिएको प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक नकर्मिले बताए। भोलिबाट सुरु हुने महोत्सवको लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका संयोजक नकर्मिले जानकारी दिए ।महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण र बुकिङ कार्य अन्तिम चरणमा पुगेको छ।प्युठान नगरपालिका वडा नम्बर ४ गणतान्त्रिक खेल मैदानमा संचालन हुने महोत्सवस्थलमा स्टल,स्टेज निर्माण,बुकिङ कार्य र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।महत्सवमा ९ वटै इलाकाका बजार क्षेत्रमा स्वागत गेट निर्माण गरिएको छ । व्यापारिक प्रयोजन र कृषि, हस्ताकला लगायतका गरी दुई सय पचास स्टल निर्माण गरिएको छ। ऐतिहासिक,धार्मिक र सांस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवर्धन गर्ने,ब्यबस्थित बाणिज्य सभा हल निर्माण र प्रदर्शनी स्थल निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्युठान उद्योग वाणिज्य संघले जनाएको छ । ।महोत्सव अवधिभर करिब १ लाख दर्शकले महोत्सव अवलोकन गर्नाका साथै करिब रु ८ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । स्थानीय स्तरमा उत्पादित कृषि,घरेलु, हस्तकला उत्पादनलाई बढ्वा दिँदै लोपोन्मुख,कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने विश्वास लिइएको र महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहनेछ।

यो पनि पढ्नुहोस्