समय : ०७:४९ pm | शुक्रबार , चैत्र ६ गते २०८२

नौबहिनीको प्रथम चौमासिक सार्बजनिक सुनुवाई सम्पन्न

स्वर्गद्वारी अपडेट | माघ २९ गते २०७९
  बबिता रिजाल प्यूठान । नौबहिनी गाउपालिकाले आर्थिक बर्ष २०७९र०८० को प्रथम चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकाले दिने सेबा प्रबाह प्रभाबकारी बनाउने, सुशासनको पर्बधन गर्ने उद्श्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले पालिकाले गरेका प्रगतिको बिबरण सार्वजनिक गरेका थिय । कार्यक्रममा विभिन्न क्षेत्रका योजना सञ्चालनका बिषयमा सबाल जवाफ भएको थियो । पालिका नागरिक मैत्री बन्न सुशासनमा जोड दिएको प्रशासकिय अधिकृत पौडेलले बताए । कार्यक्रममा नौबहिनी गाउपालिका अध्यक्ष दिलबहादुर थापाले गाउँपालिकामा रहेका हरेक बिकास योजना जनमैत्री रुपमा अगाडि बढाउने , पालिका भित्र रहेका पर्यटकिय गन्तव्यको पहिनचान गरि बिकास गर्ने बताएकाछन् । कार्यक्रममा पत्रकार महासङ प्युठानका अध्यक्ष सञ्जय रिजालले सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाको सुशासन, पार्दशिता र सुचनाको हकको समेत पर्वद्धनहुने बताएका छन । कार्यक्रम नेपाल पत्रकार महासङ्घ प्युठानको सहजिकरणमा भएको हो ।  

यो पनि पढ्नुहोस्