समय : ०७:५६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

अनेरास्ववियू क्रान्तिकारी प्युठानको पाँचौ पूर्ण विस्तारित बैठक जुम्रीमा सन्पन्न

स्वर्गद्वारी अपडेट | माघ २८ गते २०७९
सन्तोष सुनार प्युठान ।अनेरास्ववियु क्रान्तिकारी प्युठानको पाँचौ बिस्तारित बैठक आज शनिवार प्युठान नगरपालिका ( ४ जुम्रीबजार स्थित सहिद प्रतिष्ठान नेपा्लको सभाहलमा सन्पन्न भएको छ। अखिल क्रान्तिकारी प्युठान जिल्ला को अध्यक्ष प्रेम वहादुर विश्वक्रमाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथिति नेकपा माओबादि केन्द्रका प्यूठान जिल्लाका संयोजक तथा झिमरुक गाउपालिकाका अध्यक्ष पित बहादुर महत्त्तारा, बिशेष अथितिमा अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय समितिका सचिव, प्यूठान नगरपालिकाका ३का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठ, अथितिमा अखिल क्रान्तिकारी प्यूठान जिल्लाका इन्चार्ज पुस्कर शर्मा रहनु भएको थियो ।     कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी प्रदेशका सदस्य तथा जिल्ला  उपादक्ष्य तारा बहादर घर्तिले गर्नु भएको हो । अखिल क्रान्तिकारी प्युठान जिल्लाको प्रगति विवरण अध्यक्ष प्रेम वहादुर  विश्वक्रमाले  गर्नु भएको थियो ।  केन्द्रिय समितिका सचिव सुमनले राज श्रेष्ठ हामी वन्दुकको नालबाट आको हो आकार साने होस वा ठूलो परिवर्तनकारी हौ । समाजमा सदभाव तथा समान व्यवहार स्थापनाको लागि सत्र हजार बलिदान सहिदको दिएका छौ , हामी अरु जस्तो सेतो कापीको पानमा डटपेनले लेखेर आको हैन रगत पसिना बगाएर आएका छौ देश परिबर्तनकारी हौ भनी अनेरास्ववियु क्रान्तिकारीमा लागेका सम्पुर्ण क्रान्तिकारी विद्यार्थीलाई सक्रिय र उत्साह तरिकाले लाग्न आग्रह समेत गर्नु भएको थियो । आसन्न स्ववीयु चुनावलाइ पनि बिशेष ख्याल र क्याम्पसमा विस्तारीत तरिकाले सङ्घठन विस्तार गर्न सुझाव दिनुभयो । प्रमुख अथिति महत्त्तराले देशमा तेस्रो पार्टिले धराशय र सजकताका साथ नेतृत्व गर्न पाउनु सौभाग्य रहेको बताउदै अखिल क्रान्तिकारीका विद्यार्थीहरु जिल्लामा राम्रो तरिकाले अगाडि बढेको र अझ बलियो तरिकाले मार्गतिर लाग्न प्रेरित गर्न बताउनु भयो त्यस्तै जिल्लाका इन्चार्ज पुस्कर शर्माल हिजोको दिनमा हामी हाम्रो सङ्गठनले देशमा आमुल परिवर्तन तथा क्रान्तिकारी गरेर आयो ति दिनहरु जस्तै परिवर्तन शीलताकोआधारमा बग्न र सङघर्षका साथ लाग्नु पर्ने बताउनु भएको थियो । आउदो स्ववीयु चुनावलाई पनि मध्यनजर गरेर अगाडि बढ्न विद्यार्थीलाई सुझाव दिनु भएको थियो । कार्यक्रममा मनोनित भएको थियो जसमा जिल्ला सचिवमा झिमरुक गापालिकाका जोनगिर बिक , सहसचिवमा स्वर्गद्वारी नगरपालिका ८ का शिशिर के सि , कोषादक्ष्यमा मनिषा के सि , प्युठान नगरपालिकाको संयोजकमा सन्तोष सुनार , गौमुखि गा पा को संयोजकमा केशर सुनार , सदस्यमाअविनास जि सि, डम्बर बहादर बिष्ट , सुरेश सुनार र बिर बहादुर सुनार लगाएत निर्वाचित हुनुभएको हो ।  अनेरास्ववियु क्रान्तिकारीले  फागुन १ गते जनयुध्दको दिनको अवसरमा स्वर्गद्वारी बहुमुखि क्याम्पसमा हाजिरजबाफ  राखिएको जिल्ला अध्यक्ष प्रेम वहादुर विश्वक्रमाले जानकारी दिनुभयो   । उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थी र कमिटिका सदस्यहरुले सहभागी हुन पाउनेछन ।

यो पनि पढ्नुहोस्