प्युठान नगरपालिकाले प्युठान नगरबासी जेष्ठ नागरिकहरुको लागि महोत्सवमा निसुल्क प्रवेश
सन्तोष सुनार प्यूठान
प्युठान नगरपालिकाले प्युठान नगरबासी जेष्ठ नागरिकहरुको लागि स्वर्गद्वारी पाचौँ महोत्सवमा निसुल्क प्रवेश गर्ने निर्णय गरेको छ ।
आज बिहिवार प्युठान उद्योग बाणिज्य संघका पदाधिकारी र प्युठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगि बिच भएको भेट्घाट कार्यक्रममा फाल्गुन ४ गते देखि १४ गते सम्म संचालित प्युठान महोत्सवमा कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिकहरुलाई महोत्सव प्रवेशमा निसुल्क गर्ने निर्णय भएकोनगरप्रमुख बिष्णु बहादुर योगिले बताउनु भयो । नगरबासी जेष्ठ नागरिकहरुलाई आफ्नो परिचय खुल्ने प्रमाण सहित सहभागी हुनसक्नेछन ।।
जेष्ठ नागरिक भन्नाले ७० बर्ष माथीको भएको हुनु पर्ने नगरप्रमुख योगिले जानकारस् दिनु भयो








