सन्तोष सुनार प्यूठान ।
प्युठान नगरपालिका ३ बिजयनगर स्थित साडेखोलामा जिल्ला समन्वय समिती प्युठानको नाममा रहेको जग्गा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण गरिएको प्यूठान नगरपालिका ३ का वडाअध्यक्ष सुमन राज श्रेष्ठ तथा प्यूठान नगरपालिका प्रवक्त सुमन राज श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय प्राुख हेमराज पाण्डे, प्युठान नगरपालिका वडा न. ३ का जनप्रतिनधि, जिल्ला प्रशासन कार्यालय प्युठानका प्रतिनिधि र नापी कार्यालय लगायतको उपस्थिति रहेको थियो । रोहबरमा जग्गाको अवस्था अनि नापजाँच गरिएको छ।

प्रशासानिक प्रक्रिया र आबश्यक पहलका साथ चाडै नै उक्त स्थानमा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानको आफ्नै भबन बन्ने अध्यक्ष क्षेष्ठल बताउनु भयो ।।