समय : ०६:१० pm | शुक्रबार , चैत्र ६ गते २०८२

आनन्दायी र रमणीय स्थल सेतिपोखरीमा पिकनिक पार्क बन्दै

स्वर्गद्वारी अपडेट | माघ २५ गते २०७९
सन्तोष सुनार प्यूठान प्युठान नगरपालिका ( ३ बिजयनगर स्थित दैलेसिमल सेपुङको सेतिपोखरीमा पिकनिक पार्क बन्न लागेको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले जानकारी जानकारी दिनुभएको छ । वडा कार्यालयबाट बिनियोजित  ४ लाख रकमबाट कार्यसुरु हुन लागेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।यो पिकनिक पार्क निमार्णसँगै नगरपालिकाकै पिकनिक पार्कको रुपमा रहनेछ । पार्क निर्माणको स्थल प्राकृतिक सौन्दर्यताले भरिपुर्ण रहेको हुदा आनन्द र रमणिय लाग्ने प्युठान नगरपालिका ३ विजयनगर निवासी रेनु सुनार बताउनु भयो । यो पार्कको स्थल हाइवेको देखि नजिकै भएकाले पिकनिक जान सहज र उपयुक्त रहेको देखिन्छ  ।

यो पनि पढ्नुहोस्