अनुज पछाई ,प्यूठान । बुधबार सार्बजनिक भएको माद्यमिक शिक्षा परीक्षा (एसइइ) मा प्यूठानबाट १३ जना बिद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन । शिक्षा विकास तथा समन्वयन इकाई प्यूठानले दिएको जानकारी अनुसार जिल्लामा ६८ जनाले ए , १९५ जनाले बी प्लस ,६१७ जनाले बी र १ हजार ६६१ जनाले सी प्लस ग्रेड ल्याउन सफल भएका छन ।त्यस्तै १ हजार ३९३ जनाले सी , १०९ जनाले डि ग्रेड ल्याएका छन । जम्मा ४ हजार २०६ जनाले परीक्षा फर्म भरेकोमा १५० जना बिद्यार्थी परीक्षामा सहभागी नभएको कार्यालयले जनाएको छ ।