प्युठान।‘ऐया मरे... बचाउ बचाउ, मत मरे बचाउ बचाउ’ भन्दै कोही कराई रहेका थिए भने कोही घाइेतलाई स्टेचरमा राखेर सुरक्षित स्थान तर्फ लादै थिए।
व्यक्तिगत सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाईतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये।झट्ट हेर्दा माण्डवी गाउँपालिका वडा ५ स्थित माण्डवी नदीमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो।तर, त्यहाँ वास्तविक कुनै विपद नभई पहल कार्यक्रमको आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो।
नेपाली सेनाको वर्द बहादुर गण प्युठान खलङ्गाले बिहिबार माण्डवी गाउँपालिकाको माण्डवी नदीमा विपद् अभ्यासको डेमो प्रर्दशन गरेको छ।अभ्यासमा बाढी, पहिरो, डुबान र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको थियो।

प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि, लाइफ ज्याकेट,फायर किट,र्याकर,झटपट झोला, क्याराबिना, मेडिकल सामाग्री, रिस्क्यु रोप, थ्रु ब्याग, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेको थियो।
समाजमा हुने हरेक प्रकारका विपत्तिमा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने उल्लेख गरेका थिए।
मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको हो।
बाढी पहिरो, आगजनी लगायतका प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी स्थानीय विपद व्यवस्थापन समितिलाई अभ्यास गराइएकको नेपाली सेनाका वर्द बहादुर गण खलङ्गाका सेनानी महेश बाबु कार्कीले बताएका थिए। खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको सेनानी कार्कीको भनाई छ ।
माडीखोलाको बगरमा विपद् व्यवस्थापन समिति प्युठानको नेतृत्व तथा बर्द बहादुर गण खलंगा, जिल्ला प्रहरी कार्यालय प्युठान, सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म प्युठान र नेपाल रेडक्रस सोसाईटी जिल्ला समितिको सहकार्यमा “मनसुनजन्य बिपद् प्रतिकार्य” सम्बन्धी अभ्यास (Simulation Exercise) तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाईटीका स्वयंसेवकको सहभागितामा सञ्चालन गरिएको थियो।
अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी.को प्रमुख आथित्यता र प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षता तथा बर्द बहादुर गणका गणपती प्रमुख सेनानी महेश बाबु कार्की, जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरीक्षक रोहित बहादुर घिमिरे, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार, नागरीक समाज, बुद्धिजीवी, विद्यार्थीहरु लगायतको उपस्थिति भएका थिए।
