समय : ०४:४४ pm | बिहिबार , असार २६ गते २०८२

गोरखा मोडेल स्कुल ‘उत्कृष्ट माध्यमिक विद्यालय नेपाल’ सम्मानित

हामीलाई यो राष्ट्रिय पुरस्कारले निकै हौसला र प्रोत्साहन दिएको छ

स्वर्गद्वारी अपडेट | असार ९ गते २०८२

श्रवण बस्नेत

लमही।प्रतिष्ठित National Education Excellence Award 2025 मा गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङलाई “Best Secondary School in Nepal” बिधामा सम्मानित भएको छ।फोकस नेपालद्वारा आयोजित राष्ट्रिय स्तरको कार्यक्रममा शिक्षामा उत्कृष्ट र योगदान पुर्‍याउने विद्यालयहरूलाई मात्र यो पुरस्कार दिइन्छ।

विद्यालयको व्यवस्थापन, शैक्षिक गुणस्तर, विद्यार्थीहरूको प्रदर्शन तथा समग्र शिक्षा प्रवद्र्धनमा गरेको योगदानलाई उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो।लमही नगरपालिका -६ मा रहेको स्कुलले आफ्नो निरन्तर प्रतिबद्धता, प्रभावकारी शिक्षण विधि र विद्यार्थी केन्द्रित कार्यक्रमहरूमार्फत उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले यस उपलब्धिलाई विद्यालय समुदाय र अभिभावकहरूको साझा प्रयासको फलस्वरूप पाएको बताए।उनले भने, “हामीलाई यो राष्ट्रिय पुरस्कारले निकै हौसला र प्रोत्साहन दिएको छ । आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न हामी निरन्तर काम गरि रहने छौं ।”

फोकस नेपालका आयोजकहरूले पनि गोरखा मोडेल सेकेन्डरी स्कुलको उत्कृष्टताको प्रशंसा गर्दै अन्य विद्यालयहरूका लागि प्रेरणादायक उदाहरण रहेको बताए।यस पुरस्कारले दाङ जिल्लाको शैक्षिक क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउने र विद्यालयलाई थप प्रगतिको मार्गमा अग्रसर बनाउने विश्वास गरिएको छ।

यो पनि पढ्नुहोस्