समय : ०४:५० pm | बिहिबार , असार २६ गते २०८२

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी

परीक्षाको नतिजा अनलाइन, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिनेछ ।

स्वर्गद्वारी अपडेट | असार १३ गते २०८२

काठमाडौँ- एसईई परीक्षा २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक तयारी लगभग सकिएको हो ।

तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ।

चैतमा सम्पन्न परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

परीक्षाको नतिजा अनलाइन, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्