मंसिर १२ गते २०८०
06:41: PM
मंसिर १२ गते २०८०
06:41: PM

मतदाता शिक्षा दिँदै घरदैलो

वैशाख २७ गते २०७९
2:16 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 अनुज पछाई , प्यूठान । प्यूठानमा उम्मेदवार तथा दलका कार्यकर्ता मतदाता शिक्षासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा सचेतना सञ्चालन नगरेपछि मत बदर हुने आशङ्काले विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता मतदाता शिक्षासहित भोट माग्न व्यस्त बनेका हुन । गठबन्धन दललाई यस पटक मतपत्र बदर बढी हुने चिन्ता छ । गठबन्धनबाट फरक–फरक पार्टीको चिह्नमा एउटै मतदाताले मत दिनुपर्ने भएकाले मतदाता शिक्षा सञ्चालन गर्नुपरेको नेपाली काङग्रेस प्यूठानका सभापति बिष्णु गीरीले बताए े । गठबन्धन दलका उम्मेदवारहरूको चुनाव चिह्न फरक–फरक भएकाले मतदाता झुक्किने चिन्ता गठबन्धनमा छ । त्यसैलाई मध्यनजर गर्दै मतदातालाई मतदानका लागि सिकाउन कार्यकर्ता घर–घरमा खटाइएको सभापति गीरीले बताए । प्यूठानका ९ पालिकामा बिभिन्न पार्टिबीच गठबन्धन छ । मतदातादाई उम्मेदवारको चुनाव चिह्नबारे जानकारी नभए मतपत्र बदर हुने र आफूहरूको उम्मेदवार पराजित हुने सम्भावना रहेकाले मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको गठबन्धनका एक नेताले बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना मतदातामा चुनाव चिह्नबारे कुनै भ्रम नहुने भएकाले मत बदर कम हुने आकलन गरेको छ । यद्यपि स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको पहिचान र छविका आधारमा मत खसाल्ने भएकाले मतदाता शिक्षा आवश्यक रहेको प्यूठान नगरपालिकामा प्रमुख पदका उम्मेदवार बिष्णु योगीले बताबताए । मत जसलाई दिए पनि मतपत्र बदर नहुने गरी कार्यकर्ताले घरदैले गर्ने क्रममा मतदातालाई सिकाइएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय प्यूठानमा २०७४ सालको निर्वाचनमा प्यूठानमा चार प्रतिशत बढी मतपत्र बदर भएको जनाएको थियो । यो निर्वाचनमा पनि मतपत्र कम बदर हुने गरी प्रचारप्रसारको काम भएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तबले जानकारी दिए । मतपत्र बदर कम गर्न आमसञ्चार माध्यम, सचेत नागरिक, राजनीतिक दल, कार्यकर्ता र उम्मेदवारले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । दलका उम्मेदवार र कार्यकर्ताले नै यस पटक मतपत्र बदर कम होस् भनेर घरदैलो गर्ने क्रममा मतदातालाई सिकाउनुपर्ने उहाँले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page