फागुन १० गते २०८०
06:43: AM
फागुन १० गते २०८०
06:43: AM

इन्फिलिटि लघुवित्त वित्तीयद्वारा विमा हक दावी रकम हस्तान्तरण

वैशाख २७ गते २०८०
9:38 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार ।  इन्फिलिटि लघुवित्त वित्तीय संस्थाले विमा हक दावी रकम हस्तान्तरण गरेको छ ।  बुधवार इन्फिलिटि लगुवित्त वित्तीय संस्था प्रालि शाखा जुम्रिले एक कार्यक्रम विच प्युठान नगरपालिका ५ पातल कट्टिका वर्ष ५२का डिलाराम घर्ति क्षेत्रिको २०७९साल कार्तिक २२ गते पुर्नगाँउ कुनापानीमा मोटर साईकल दुर्घटनामा परि मृत्यु भएको हुदा बाह्र लाख पचहत्तर हजार रुपैँया उहाको जेठो छोरा श्याम कुमार क्षेत्रीलाई विमा हक दावी रकम हस्तान्तरण गरिएको शाखा प्रमुख जीवन भण्डारीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।मृतक घर्ति क्षेत्रिले उक्त संस्थाबाट पाँचलाख रुपैया लिएको हुदा रकमवाट केहि रकम कटौति गरी संस्थाले उहाँको विमा सुर्य लाइफ इन्सुरेन्ससँग गरिदिएको दुई सय पचास प्रतिशतको हिसावले बाह्र लाख पचहत्तर हजार रुपैँया हस्तान्तरण र तिर्न बाकि तिन लाख अड्चालिस हजार रुपैया संस्थाको सहमतिमा मिना समेत गरिदिएको शाखाप्रमुख भण्डारीले बताउनुभयो । उहा इन्फिलिटि लघुवित्त वित्तीय संस्था प्रा.लिको सदस्य रहनुभयो थियो । कार्यक्रममा प्रमुख अथिति रहनुभएका प्युठान नगरपालिका वडा सदस्य चुरमणी थापाले कुनै पनि लघुवित्तबाट ऋण लगेपछि उत्पादनमुख तथा व्यवसाहयतिर लगानीमा लगाएमा कर्जा तिर्न पनि सजिलो हुने र आफुले फाइदाजनक गराई सन्तुष्टि पाउने बताउनुभएको छ ।लघुवित्तले पनि कर्जा दिदा लाने व्यक्तिको तिर्न सक्ने आधर तथा क्षमताको आधरमा र समुहमा रहेका महिला दिदिबहिनी तथा पुरुष दाजुभाईको सल्लाहाको आधरमा उचित रहने थापाले बताउनुभएको छ। गाउमा लघुवित्तलाई वडा सदस्य तथा व्यक्तिगत हिसाबले सहयोग गर्ने उहाको भनाई रहेको थियो । त्यस्तै डिप्रोटत लघुवित्त वित्तिय संस्था जुम्रिका शाखा प्रमुख सुदर्शन पुडासैनिले लघु भनेको सानो र वित्त भनेको पैसा हो । यो लघुवित्त हुदाखानेको लागि हो नेपालमा २०४९ सालमा सन्चालन भएको तथा लघुवित्तको बारेमा जानकारी दिनुभएको थियो ।विशेष गरी जीवनमा केही गर्छु तथा भविष्य राम्रो बनाउछु तथा कुनै व्यवसायीक उत्पादन गर्नेको लागि यसबाट कर्जाहरु लिएर चल्न सक्ने र भविष्य बनाउन सक्ने बताउनु भएको छ। कार्यक्रममा प्रमुख अथिति प्युठान नगरपालिका ५ का वडा सदस्य चरमणी थापा, विशेष अथिति समाजसेवि हेमराज थापा अथितिहरुमा पत्रकार सन्तोष सुनार , समाजसेवि शशिराम खड्का, दिल बहादुर खड्का क्षेत्रि , डिप्रोटत लघुवित्त वित्तिय संस्था जुम्रिका शाखा प्रमुख सुदर्शन पुडासैनि ग्रामणि विकास लघुवित्तका विजुवारका शाखा प्रमुख सुनिल थापा लगायत विभन्नि लघुवित्तका शाखा प्रमुखहरु , मृतकका छोराहरु र इन्फिलिटि लघुवित्त वित्तीय संस्थाका र्काचारीहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सन्चालन शाखा प्रमुख जीवन भण्डारीले नै गर्नु भएको थियो । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page