समय : ०४:२८ pm | बिहिबार , असार २६ गते २०८२

लमही  नगरपालिकाको बजेट ८८ करोड ३१ लाख ७ हजार

पालिकाको आन्तरिक श्रोत आन्तरिक ५ करोड ३८ लाख ५ हजार,

स्वर्गद्वारी अपडेट | असार १० गते २०८२

श्रवण बस्नेत ।

लमही नगरपालिकाले आगामी आर्थिक बर्ष ०८२/०८३ का लागि ८८ करोड  ३१ लाख ७ हजार ९ सय २९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको आज संम्पन्न भएको  १७ औं नगरसभामा उप- प्रमुख लक्ष्मी योगीले  उक्त बजेट पढेर सुनाएको हो ।

आगामी आर्थिक ०८२/०८३ बर्षमा जस अन्तरगत संघिय सरकारबाट बित्तीय समानिकरण अनुदान तर्फ १४ करोड ८९ लाख ,संघिय राजश्व बाँडफाँड तर्फ १६ करोड १० लाख ६५ हजार ९ सय २९ रुपैयाँ ,संघिय सशर्त अनुदान तर्फ सशर्त चालू तर्फ २२ करोड २३ लाख रहेको छ।त्यस्तै संघिय सशर्त अनुदान पुजिगत तर्फ ४ करोड ८१ लाख ,संघिय सरकार समपुरक समपुरक अनुदान तर्फ १ करोड १८ लाख ,प्रदेश सरकार बित्तीय समानिकरणअनुदान तर्फ १ करोड ८२ लाख ,प्रदेश सरकार सशर्त सशर्तअनुदान तर्फ १ करोड १५ लाख ८ हजार रहेको छ।

प्रदेश समपुरक समपुरक अनुदान १ करोड २० लाख, प्रदेश राजश्व बाँडफाँड राजश्व बाँडफाँड सवारी साघनकर १ करोड ७७ लाख ३९ हजार ,आन्तरिक श्रोत आन्तरिक ५ करोड ३८ लाख ५ हजार, राजश्व बाँडफाँड स्थानीय बाँडफाँड भइ प्राप्त हुने राजश्व १४ करोड ५९ लाख, बैंक मौज्दात तर्फ २ करोड लमही अस्पताल आन्तरिक तर्फ १ करोड ५० लाख बराबरको बजेट लमही नगरपालिकाकि उप- प्रमुख लक्ष्मी योगीले र नगरप्रमुख जोगराज चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

कार्यक्रम  संचालन प्रमुख प्रशासकीय अधिकृत प्रकाश देबकोटा र नगरपालिका प्रशासन प्रमुख महेश थापा ठेडीले गरेका थिए।उक्त अवसरमा निजामती कर्मचारी ,कर्मचारी ,किसान ,संघसंस्था ,लगायतका विभिन्न बिधाका उत्कृष्ट भएका झन्डै १ दर्जन बढिलाई सम्मान गरिएको  थियो ।

नगरप्रमुख जोगराज  चौधरीको अध्यक्ष्यतामा १७ औं नगरसभा संम्पन्न भएको हो।

यो पनि पढ्नुहोस्