समय : ०५:१५ pm | बिहिबार , असार २६ गते २०८२

देउखुरी उद्योग बाणिज्य संघको कार्य समिति बिस्तार

स्वर्गद्वारी अपडेट | असार १६ गते २०८२

श्रवण बस्नेत/असार। देउखुरी उद्योग बाणिज्य संघको संशोधित विधान २०८१ बामोजिम पदपूर्ति गरि कार्यसमिति बिस्तार गरिएको छ।

संशोधित विधानमा बरिष्ठ उपाध्यक्षमा महिला उपाध्यक्ष, सह कोषाध्यक्ष,बस्तुगत सदस्य,एसोसिएट सदस्य, उद्योग सदस्य,खुल्ला सदस्य खुल्ला सदस्य थप गरिएको छ । यस्तै कानूनी सल्लाहकार र प्रेस संयोजक सम्बन्धित क्षेत्रको ज्ञाता हुनुपर्ने सुनिश्चित गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिए।

संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षतामा शुक्रबार संघको कार्यालयमा भएको नब गठित सम्पूर्ण पदाधिकारीहरु,सदस्यहरु, सल्लाहकारहरु र कानूनी सल्लाहकारलाई संघका निवर्तमान अध्यक्ष खगेश्वर खनालले टीका-माला लगाई बधाई दिएका थिए। कार्यक्रमको सञ्चालन संघका महासचिव हरि बहादुर थापाले गरेका।

अध्यक्ष-कमल जंग सिंह ठकुरी, बारिष्ठ उपाध्यक्ष-केशव राज पोखरेल,महिला उपाध्यक्ष-शारदा सुबेदी,उद्योग उपाध्यक्ष-इश्वर प्रकाश श्रेष्ठ बाणिज्य उपाध्यक्ष-केशव घिमिरे,महासचिव-हरि बहादुर थापा,कोषाध्यक्ष ,बसन्त कुमार भण्डारी,सचिव-गणेश घिमिरे र प्रेस संयोजक- दुखहरण यादव रहेका छन्।

यो पनि पढ्नुहोस्