समय : १०:१७ am | सोमबार , भाद्र ८ गते २०८३

प्यूठानमा २१ नयाँ मोटरेबल र १३ झोलुङ्गे पुलका लागि बजेट

२१ नयाँ, ५ अधुरा मोटरेबल र १३ झोलुङ्गे गरी प्यूठानमा ३९ वटा पुल आयोजना बजेटमा समेटिएका छन्।

स्वर्गद्वारी अपडेट | भाद्र ८ गते २०८३

प्यूठान। चालु आर्थिक वर्षमा अध्ययन तथा निर्माणको काम सुरु हुनेगरी प्यूठानमा २१ वटा नयाँ मोटरेबल पुल र १३ वटा झोलुङ्गे पुलका लागि बजेट विनियोजन भएको छ। बहुवर्षीय योजनाका रूपमा अघि बढाइने यी आयोजनालाई आगामी वर्षहरूमा बजेट अभाव नहोस् भनेर मध्यमकालीन खर्च संरचना (MTEF) मा समेत समावेश गरिएको छ।

यससँगै यसअघि निर्माण सुरु भएर अधुरा रहेका ५ वटा मोटरेबल पुलसमेत बजेटमा परेका छन्। नयाँ २१ र पुराना ५ गरी चालु आर्थिक वर्षमा प्यूठानका २६ वटा मोटरेबल पुल बजेटमा समेटिएका छन्।

पुल निर्माणका लागि ठूलो संख्यामा योजना छनोट र बजेट सुनिश्चित हुनु प्यूठानको पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।प्युठानका संघीय संसद सुशान्त वैदिकले यसलाई जिल्लाका लागि ऐतिहासिक उपलब्धि भन्दै आम प्यूठानीको आशालाई निराशामा बदलिन नदिन आफूहरू निरन्तर प्रयासरत रहेको बताए।

यसअघि पुलसम्बन्धी विवरण सार्वजनिक गर्दा केही योजना दोहोरिएका र तथ्यगत त्रुटि देखिएपछि नयाँ र पुराना योजनालाई छुट्याएर सच्याइएको विवरण सार्वजनिक गरिएको हो। अब मुख्य चुनौती भनेको बजेटअनुसार अध्ययन, ठेक्का र निर्माण प्रक्रिया समयमै अघि बढाउनु हो।

२१ नयाँ, ५ अधुरा मोटरेबल र १३ झोलुङ्गे गरी प्यूठानमा ३९ वटा पुल आयोजना बजेटमा समेटिएका छन्।

यो पनि पढ्नुहोस्