समय : ०४:५७ pm | बिहिबार , असार २६ गते २०८२

सबै स्थानीय तहले आज बजेट ल्याउदै

संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याइसकेका छन्।

स्वर्गद्वारी अपडेट | असार १० गते २०८२

प्युठान।आज मंगलबार ७५३ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछन्।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज सबै तहले बजेट ल्याउन लागेका हुन् । ऐनमा असार १० गते स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहेको छ ।

स्थानीय तहले बजेट ल्याउँदा संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी ल्याउने गर्दछन।संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याइसकेका छन्।

संघीय सरकारले ल्याएको बजेटबाट गएको समानीकरण, सशर्त, विशेष र समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेश सरकारको बजेटबाट आएको अनुदान सहित स्थानीय तहले बजेट बनाउने गरेका छन्।

यसरी बनाएको बजेट आज ल्याउन लागिएको हो।केही तहले भने यसअघि नै ल्याउन थालिसकेका छन् ।

यो पनि पढ्नुहोस्