समय : ०८:२८ am | शनिबार , श्रावण १२ गते २०८१

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले कतारसँग खेल्दै

सन्तोष सुनार | भाद्र १८ गते २०८०

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले अहिले कतारसँग खेलिरहेको छ ।

बाङ्गीमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि कतारले ब्याटिङ गरिरहेको छ । समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ ।

नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page