समय : ०८:५१ am | शनिबार , श्रावण १२ गते २०८१

न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा यूएईको ऐतिहासिक जित

स्वर्गद्वारी अपडेट | भाद्र ३ गते २०८०

काठमाण्डाै - न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा यूएईले ऐतिहासिक जित निकालेको छ । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।

दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । जितसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ । पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । हिजोको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि मार्क चापम्यानले सर्वाधिक ६३ रन बनाए । यूएईका आयान अफजल खानले ३ तथा मुहमद जवादुल्लाहले २ विकेट लिए । जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको यूएईले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । यूएईका कप्तान मोहम्मद वसिमले ५५ रनको अर्धशतकीय पारी खेले ।

न्युजिल्यान्डका टिम साउथी, मिचेल स्टेनर र केइल जेमिसनले एक/एक विकेट लिए । दुई देशबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा शुरु हुनेछ ।
 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page