समय : ०४:४० pm | सोमबार , माघ २८ गते २०८१

 तीन लाख बढी मूल्यको चिनी नियन्त्रणमा

स्वर्गद्वारी अपडेट | असार २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । पश्चिम नवलपरासीमा तीन लाख ५६ हजार ५ सय मूल्य बराबरको अबैध चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार सरावल गाउँपालिका–७ बरगदवास्थित छडके चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा ल्याउँदै गरेको ६० बोरा चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो । चिनी ट्याक्टरमा लोड गरी ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीदेखि ट्राली छोडी ट्याक्टर लिएर भगेका हुन । चिनीको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको चिनी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी रोशन घिमिरेले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्