समय : ०६:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

अर्घाखाँची बस दुर्घटनाप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

बस ओरालो झर्दै गर्दा ब्रेक फेल भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्वर्गद्वारी अपडेट | वैशाख २९ गते २०८३

 दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन। मुख्यमन्त्री आचार्यले दुर्घटनामा घाइते भएकाहरुको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए।

मुख्यमन्त्री आचार्यले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराखिने बताए।प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।मृतकहरुको पहिचान खुल्न बाँकी रहेको छ।दुर्घटनामा २५ जना घाइते भएका छन्।घाइतेहरुलाई उपचारका लागि अर्घाखाँचीको सन्धिखर्क तथा पाल्पाको तानसेन पठाइएको प्रहरीले जनाएको छ।

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणमा आएको ध १ ख ५०४ नम्बरको यात्रुवाहक बस फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बस ओरालो झर्दै गर्दा ब्रेक फेल भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्