आगलागीबाट एक घर जलेर नष्ट


स्वर्गद्धारी अपडेट,प्यूठान । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंं ५ क्वालीगाउँमा मंगलबार दिउसो एक घर आगलागी भएको छ ।
वडा नं। ५ क्वालीगाउँको डाडागाउँ निबासी पप्पु घर्तिमगरको घर आगलागी हुदा जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् । बच्चाहरुले लाइटर खेलाउदा आगलागी भएको जनाइएको छ ।
आगलागीबाट घर जलेर नष्ट हुँदा अन्नपात लत्ताकपडा तथा भाँडाकुडा सहित करिव १०–१५ लाखको बराबरको क्षेती भएको हुन सक्ने अनुमान गरीएको छ ।