समय : ०३:५४ pm | सोमबार , माघ २८ गते २०८१

नदीमा डुबेर बालकको मृत्यु

स्वर्गद्वारी अपडेट | असार २१ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालका तीन वर्षका छोरा मनीष कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो । रिडी नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत बनेका मनीषको उपचारका लागि पाल्पा छहरातर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्