जेठाजुद्वारा भाइबुहारी बलात्कृत


स्वर्गद्धारी अपडेट,प्यूठान । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ मा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् ।
३५ वर्षीय अधर्मी ९नाम परिवर्तन० आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।
असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।