समय : ०३:५१ am | शनिबार , श्रावण ४ गते २०८१

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

स्वर्गद्वारी अपडेट | असार २० गते २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । 

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यबाहक महामन्त्री र पार्टी सहाप्रवत्ता मनिष झालाई कार्यवाहक तोकिएको छ ।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page