समय : ०४:५९ pm | बिहिबार , असार २६ गते २०८२

प्युठानमा एक लाख बढीको नक्कली मह नष्ट

सन्तोष सुनार | फागुन १३ गते २०८१

प्युठान।प्युठानमा एक लाख बढीको नक्कली मह नस्ट गरेको छ।सोमबार घरेलु कार्यालय प्युठानको रोहबरमा सो मह प्रहरीले नस्ट गरेको हो।

माघ १४ गते बुटवलबाट रोल्पा जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसबाट प्रहरीले १७२ किलो ७ ग्राम अखाद्य मह जस्तो देखिने नियन्त्रणमा लिई परीक्षणका लागि नेपालगन्ज पठाएको थियो।

परीक्षणपछि सरकारले तोकेको मापदण्ड नपुगेको पुष्टि भएपछि घरेलु तथा साना उद्योग कार्यालय प्युठानले प्रहरी र सम्बन्धित निकायको रोहवरमा खाल्डो खनेर नष्ट गरेको  निमित्त उद्योग अधिकृत मनि बहादुर गुरुङले जानकारी दिए।

बरामद नक्कली महको बजार मूल्य १ लाख ३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्