समय : ०३:०३ pm | सोमबार , जेठ ५ गते २०८२

पत्रकार महासंघका उपाध्यक्ष विदेशीय

स्वर्गद्वारी अपडेट | फागुन २ गते २०८१

प्यूठान।नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका उपाध्यक्ष लाल बहादुर थापा (एलबी) विदेशीयका छन्।उनी महासंघको गत मंसिर २८ गते सम्पन्न आठौं अधिवेशनबाट खुल्ला उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

जिल्लामा करिब १५ वर्ष पत्रकारिता गर्दै आएका उनले बैदेशिक यात्रा तय गरेका हुन्।रोजगारीका लागि उनी कुवेत गएको पारिवारिक स्रोतले जनाएको छ।गौमुखी गाउँपालिका ५ खुङ स्थायी घर भएका उनी प्यूठान नगरपालिका ८ बाग्दुलामा कृयसन डिजिटल प्रिन्टिङ प्रेस र प्युठान खबर अनलाईन पत्रिका समेत सञ्चालन गर्दै आएका थिए।उनी बैदेशिक रोजगारीका लागि नेपाल छोडेलगत्तै जिल्लाका पत्रकारले सामाजिक सञ्जाल मार्फत दुखेसो समेत पोखेका छन्।

स्थानिय सरकार आइसकेपछि जिल्लामा क्रियासिल रहेका पत्रकारहरुको संरक्षणमा खासै चासो नदिएको हुँदा समग्र पत्रकारिता क्षेत्र नै धरापमा परेको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए।बिस्तारै पत्रकार साथीहरु बैदेशिक रोजगारीमा जानुपर्ने बाध्य भएको अध्यक्ष भण्डारीको भनाई छ।

 थापाको श्रीमती र २ छोरा छन्।  

यो पनि पढ्नुहोस्