समय : ०३:३८ pm | सोमबार , माघ २८ गते २०८१

मोडल नारायणी खत्रीलाई गृह जिल्लामा सम्मान

स्वर्गद्वारी अपडेट | माघ १४ गते २०८१

प्युठान।मोडल नारायणी खत्री आफ्नै गृह जिल्ला प्युठानमा सम्मानित भएकी छिन्।माण्डवी गाउँपालिका १ वडा कार्यालयले एक कार्यक्रम बीच खत्रीलाई सम्मान गरेको हो।

व्यवसायिक रुपमा ५ वर्ष देखी देखि कलाकारिता क्षेत्रमा क्रियाशील खत्रीले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै वडा कार्यालयले सम्मान गरेको हो।मरो आफ्नै वडावासी भएको नाताले र पछिल्लो समयमा चर्चित मोडल भएको हुँदा वडा कार्यालयले सम्मान गरेको माण्डवी गाउँपालिका १ का वडाध्यक्ष बाम बहादुर बुढाले बताए।पछिल्लो समयमा कलाकारहरुलाई सरकारले त्यति हौसला नगरेको हुँदा मैले यो सम्मान कार्यक्रम गरेको बताए।स्थानीय सरकारले पनि कलाकारलाई सम्मान गर्ने रहेछ भन्ने उदारहण दिनको लागि भएपनि वडा कार्यालयले सम्मान गरेको वडाध्यक्ष बुढाको भनाई छ।

उनले १ सय ५० भन्दा वटा  भन्दा धेरै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन।पछिल्लो समय चर्चामा रहेको करिमै हालै सार्वजनिक भएको उनको नयाँ म्युजिक भिडियो ‘करिमैले पो के गर्छ काइँला’ले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ। यो भिडियोले यो समाचार तयार पार्दा सम्म २९ लाख ९३ हजारभन्दा बढी पटक हेरिएको छ।सम्मानपछि खत्रीले आफ्नो गृह जिल्लामा गरिएको सम्मानले अझै राम्रा सांगीतिक कोसेलीहरु पस्कन उत्साह मिलेको बताईन।

‘म आफैं जन्मिएको जिल्लामा पाएको सम्मानले म निकै उत्साहित भएको छु’ खत्रीले भनिन,’सांगीतिक क्षेत्रमा मैले गर्न बाँकी धेरै छ । म त्यो काम पुरा गर्ने बाचा गर्छु ।’ यसै सिजनमा १६ वटा भन्दा बढी मेला महोत्सवमा सहभागी भईसकेको र बाकि १८/२० वटा जतिको महोत्सवको कार्यक्रममा ब्यस्त भएको उनले बताईन।       

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्