समय : ०४:३० pm | सोमबार , माघ २८ गते २०८१

मातृभुमीले मृतकका परिवारलाई रकम हस्तान्तरण

स्वर्गद्वारी अपडेट | माघ ९ गते २०८१

प्युठान। प्युठानमा मातृभुमी लघुवित्त वित्तिय संस्थाले मृतकका परिवारलाई लघु विमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको समूहमा आवद्ध भइ सरल कर्जा उपयोग गरेकी माण्डवी  गाउँपालिका वडा नम्बर ५ निवासी रेवति थापाको मृत्यु भएपछि संस्थाले उनको घरपरिवारलाई लघु विमा वापतको रकम उपलब्ध गराएको हो ।

बुधबार माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन)ले मृतकका छोरा लाई विमा वापतको रकम दुई लाख अठार हजार रुपैयाँ हस्तान्तरण गरेको मातृभुमी लघुवित्त वित्तिय संस्था विजुवार शाखा प्रमुख प्रदिप भण्डारीले जानकारी दिए।

मृतक थापा विगत आठ वर्ष अघिदेखी लघुवित्तको समूहमा आवद्ध भइ सरल कर्जाको एक लाख सत्तरी हजार रुपैयाँ उपयोग गरेकी थिइन् । उनको गत  कार्तिक १५ गते मृत्यु भएको थियो।यस्तै उद्यम विकास कार्यक्रम अन्तर्गत निःशुल्क पशु उपचार, बन्ध्याकरण र घरदैलो कार्यक्रम निःशुल्क कृषि तथा पशु तालिम, निःशुल्क पशु शिविर, बाख्रा भैंसी, बङ्गुर गाईको पशुको बिमा समेत हुने गरेको उधम विकास सयोजक घनश्याम भुषालले जानकारी दिनुभयो ।

ग्राहक संरक्षण कोष कार्यक्रम अन्तर्गत सुत्केरी सुविधा वापत १५सय , मिर्गौला तथा मुटु र पाठेघरको अपरेसन गरेकोलाई ७ हजार  ५ सय , प्राकृतिक प्रकोप भूकम्प आगजनी भएमा ५ हजार रुपैयाँ समूहमा आवद्ध सदस्यहरुलाई उपलब्ध गराउने गरेको छ ।

यस्तै संस्थाले स्वास्थ्य शिविर सञ्चालन, कृषि तथा व्यवसाय जन्य यन्त्र उपकरण, मेसिनरी औजार वितरण तथा विउविजन एवम् फलफुलको विरुवा समेत वितरण गर्नेगरेको संस्थाका अनुगमन प्रमुख रमेश अधिकारीले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्