समय : ०३:०८ am | मङ्गलबार , जेठ २५ गते २०८३

अटो दुर्घटना : चालकसहित ७ जना घाइते

स्वर्गद्वारी अपडेट | जेठ २५ गते २०८३

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका–६ कोटगाउँस्थित दार्बोट–माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।

दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटोको ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका–६ निवासी ३९ वर्षीय कविराम घर्ती मगरसहित २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ३७ वर्षीया आशा पुन मगर र ५ वर्षीय एनोज विक घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्