प्युठान।मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिजुवारले लघुकर्जा बिमा सुविधा रकम हस्तान्तरण गरेको छ।
लघुवित्तले बुधबार मल्लरानी गाउँपालिका ५ रप्सुमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो सदस्य केन्द्र नम्बर १९ कि बिमला रानाको मृत्युपछिको बिमाबापतको १ लाख २८ हजारको नगद चेक मृतक बिमलाका श्रीमान गुप्ता रानालाई हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रम मल्लरानी गाउँपालिका वडा ५ का वडाध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो।बिमावापतको रकम हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले कुनै अफवाहको पछि नलागि लघुवित्तमा ढुक्कसँग आफ्नो कारोवार अगाडि बढाउन आग्रह समेत गरेका थिए।
उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक प्रदिप बस्याल, वडा -५ का वडाध्यक्ष गोपाल थापा, केन्द्रका सदस्य, स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो।