समय : १२:४३ am | आइतबार , कार्तिक २९ गते २०८२

माण्डवी-३ मा वालबालिकालाई मदिरा ओसारपसार गर्न रोक

निर्णय विपरीत कसैले बालबालिकालाई प्रयोग गरी मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण र ओसारपसार गरेको पाइएमा जरिवाना समेत गरिने वडाध्यक्ष कार्कीले बताए।

स्वर्गद्वारी अपडेट | जेठ ५ गते २०८२

प्युठान।माण्डवी गाउँपालिका वडा ३ मा वालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ ओसारपसार गर्नमा रोक लगाउने भएको छ।

सोमबार वडा कार्यालय नयाँगाउँ स्थित माण्डवी बजार इलाका उद्योग बाणिज्य संघ र होटल व्यवसायीहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको कार्यालय जनाएको छ।   

बिद्यार्थी उमेर समुहका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण तथा ओसारपसार गर्न नपाउने गरी रोक लगाउने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए।वडाभित्र  रहेको होटल व्यवसायीले पोसाकमा रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्ने तथा ओसारपसार गर्ने गरेको हुँदा वडाले सो निर्णय गरेको वडाध्यक्ष कार्कीको भनाई छ।  

पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालय त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाउने निर्णय सकारात्मक रहेको उद्योग बाणिज्य संघ प्युठानका बरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेलले बताए।

निर्णय विपरीत कसैले बालबालिकालाई प्रयोग गरी मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण र ओसारपसार गरेको पाइएमा जरिवाना समेत गरिने वडाध्यक्ष कार्कीले बताए।

कार्यक्रममा जनप्रतिनिधि, होटल व्यवसायी, प्रहरी र स्थानीयहरुको सहभागीता रहेको थियो।       

यो पनि पढ्नुहोस्