समय : ०१:३३ am | आइतबार , माघ १९ गते २०८१

‘अगुल्टो’कविता संग्रह विमोचन

स्वर्गद्वारी अपडेट | माघ १८ गते २०८१

प्यूठान।युवा साहित्यकार सुमन सुबेदीको पहिलो कविता संग्रह ‘अगुल्टो’को विमोचन गरिएको छ।सहिद दिवसको अवसरमा बुधबार प्युठान नगरपालिका–७ स्थित सहिद पार्कमा  एक कार्यक्रम गरि कृतिको बिमोचन गरिएको हो ।

सहिद पार्क निर्माण समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञामुराम न्यौपानेले कविता संग्रहको विमोचन गरेका हुन्। विमोचन गरिएको संग्रहमा ५२ वटा कविता समावेश गरिएको छ ।

साहित्य परिषद् प्यूठानले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले युवा साहित्यकार सुवेदीले समाजमा रहेका अन्याय, अत्याचार, भ्रष्टाचारको विरुद्धमा निरन्तर आवाज उठाइरहेको बताए ।

साहित्य परिषद् प्यूठानका कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साहित्य परिषद् प्यूठानका कोषाध्यक्ष राजकुमारी कुँवर र सञ्चालन सचिव ध्रुव गिरीले गरेका थिए । सहिद दिवसको अवसरमा कविता वाचन तथा रक्तदान कार्यक्रमसमेत गरिएको थियो ।

कार्यक्रममा नागरिक सरोकार समाजले पत्रकार सलिम मियाँलाई कदरपत्र र दोसल्लाले सम्मान समेत गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्